ढोरपाटन शिकार याम सुरु, अाइपुगे अमेरिका जर्मनी र रसियाका शिकारी

बाग्लुङ । विश्वका साहासिक शिकारीको प्रमुख गन्तव्य ढोरपाटन शिकार आरक्षमा शिकार याम सुरु भएको छ। पहिलो सिजनका लागि १० वटा नाउर र छ वटा झारलको शिकार हुनेछ । शिकारका लागि शिकार कम्पनीहरुले एउटा नाउरको बढीमा १२ लाख पाँच हजार र एउटा झारलको नौ लाख २० हजार रुपियाँ राजस्व विभागलाई बुझाएका छन् ।

राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण विभागले गरेको टेन्डर प्रक्रियाबाट चार वटा कम्पनीले शिकारी पठाउने जिम्मा पाएकोमा हालसम्म तीन वटा कम्पनीले विभागसँग सम्झौता गरी १० जना शिकारी शिकारका लागि आरक्षमा पठाउन लागेको ढोरपाटन शिकार आरक्ष कार्यालय बागलुङका प्रमुख अणनाथ बरालले जानकारी दिए ।  विभागले टेन्डर प्रक्रियामार्फत शिकार कम्पनी छनोट गरेर शिकार गराउँछ । अहिलेको सिजनमा प्रति नाउर शिकार गरेको दुई लाखदेखि १२ लाख पाँच हजार रुपैयाँ र प्रतिझारल शिकार गरेको एक लाखदेखि नौ लाख २० हजार रुपैयाँमा टेन्डर स्वीकृत भएको छ ।

विश्वभरका साहासिक शिकारीका लागि प्रख्यात मानिएको आरक्षमा शिकार गर्नअमेरिका, रसिया, स्पेनलगायत मुलुकका शिकारी आउने गरेका छन् । ढोरपाटन क्षेत्रमा पाइने नाउर तथा झारलको शिकार गर्नु विश्वकै साहासिक काम हुने भएकाले ट्रफी जित्नका लागि शिकारीहरू आउने गरेको शिकार आरक्ष कार्यालयको भनाइ छ । सरकारले २०४२ सालमा शिकार आरक्ष स्थापना गरेपछि विदेशी पर्यटकको आकर्षण बढ्न थालेको थियो । विश्वमा वैधानिक रूपमा शिकार गर्न पाइने सयौँ शिकार आरक्ष भए पनि विश्वमा प्रख्यात शिकारीले नेपालको ढोरपाटन शिकार आरक्ष मुख्य गन्तव्यको रूपमा लिने गरेका छन् ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले हरेक वर्ष दुईपटक (असोज–मंसिर) र (माघ–वैशाख) मा विभिन्न शिकार एजेन्सीहरुमार्फत ढोरपाटन शिकार आरक्षमा शिकार गर्न नाउर र झारलको कोटा निर्धारण गरी कोटाअनुसार विभिन्न ‘हन्टिङ एजेन्सीहरु’मार्फत टेन्टर प्रक्रियाबाट शिकार गराउँदै आएको छ । पाँच दिनको शिकार अनुमतिसहित शिकार गर्न आउने पर्यटकले जनावरको पानी पिउने बेला, साँझ, बिहान, खाने वस्तुको प्रयोग गरेर वा शारीरिक सम्पर्क भएका बेला बाहेक अन्य समयमा आरक्षबाट खटिएर जाने कर्मचारीको प्रत्यक्ष निगरानीमा भोले नाउर वा झारलको मात्र शिकार गर्न पाउँछन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

आफन्तकोमा हिंडेका बालक पानीमा डुबेको अवस्थामा मृत्त भेटिए

काठमाडौं । सर्लाहीको बलरा नगरपालिकास्थित लक्ष्मीपुरमा पानीमा डुबेको अवस्थामा एक बालकको शव फेला परेका छ …

प्रतिकृया दिनुहॊस

This will auto close after