पहाडमा आंशिक बदली, तराईमा हुस्सु लाग्ने

काठमाडौं । अहिले नेपालको मौसमी प्रणालीमा अरब सागरबाट आएको जलवाष्पयुक्त वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । यसका साथै पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावद्द पनि रहेको छ ।

जसको प्रभावका कारण आज पहाडी भेगमा बिहान आंशिक बदली रहेको छ । तराईका क्षेत्रमा हुस्सु र कुहिरो लागेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो प्रदेश-१, मधेस प्रदेश, वागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली रहेको थियो । बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

विभागले आज राति प्रदेश-१ मा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने जनाएको छ । तराईमा बिहानीपख हुस्सु÷कुहिरो लागेर दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमासमेत सामान्य प्रभाव पर्न सक्ने सम्भावना रहेकाले आवश्यक सावधानी अपनाउन विभागको आग्रह छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री