काठमाडौं । गृहमन्त्री रवि लामिछानेसँग भेट गरेर काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले सुकुम्वासी बस्ती हटाउने अभियानमा सहयोग गर्न आग्रह गरेका छन् । दिउँसो गृह मन्त्रालयमा एकीकृत बागमती सभ्यता विकास समिति र महानगरको टोली उपप्रधानमन्त्री लामिछानेलाई भेट्न गएका हुन् ।
भेटका अवसरमा बालेनले गत मंसिरमा सुकुम्वासी बस्ती हटाउन जाँदाको विवरण गृहमन्त्री लामिछानेलाई सुनाएका थिए । उनले प्रहरी र प्रशासनले असहयोग गरेको पनि गुनासो गृहमन्त्रीसँग गरेका थिए । जवाफमा गृहमन्त्री लामिछानेले आवश्यकता हेरेर यसबारे निर्णय गर्ने जानकारी बालेनसहितको टोलीलाई गराएको भेटमा सहभागी एक सदस्यले जानकारी दिए ।
तपाईंको प्रतिकृया




