महालक्ष्मी विकास बैंक र नर्भिक इन्टरनेशनल हस्पिटल तथा मेडिकल कलेज बीच हस्पिटलको सेवाशुल्कमा छुट

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना ग्राहकका लागि स्वदेशमै गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने हेतुले नर्भिक इन्टरनेशनल हस्पिटल तथा मेडिकल कलेज प्रा. लि.सँग सम्झौता गरेको छ ।

उक्त सम्झौता अनुसार बैंकका ग्राहक, कर्मचारी, कर्मचारीका परिवार ले नर्भिक अस्पतालमा विभिन्न विधाका स्वास्थ्य परीक्षण तथा उपचार गराउँदा सेवाशुल्कमा ५ प्रतिशत  देखि ३० प्रतिशत  सम्मको छुट पाउनु हुनेछ ।

प्याथोलोजी, रेडियोलोजी (सिटी÷एम.आर.आई स्क्यान सहित), मेमोग्राम, कार्डिएक नन इनभेसिभ परीक्षण तथा सर्जिकल चार्जमा बैंकका ग्राहक, कर्मचारी, कर्मचारीका परिवारले १०  प्रतिशत  छुट प्राप्त गर्न सक्नु हुनेछ । नर्भिक वार्षिक हेल्थ प्याकेजमा ३० प्रतिशत सम्मको छुट र बेड चार्जमा ५ प्रतिशत छुट दिने सम्झौता भएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत  कृष्णराज लामिछाने  र अस्पतालका कार्यकारी निर्देशक राजेन्द्र बहादुर सिंहले उक्त पत्रमा हस्ताक्षर गर्नु भएको हो ।

सम्झौता अनुसार यस किसिमको सहकार्यबाट बैंकका डेबिट कार्ड प्रयोग गर्ने ग्राहक, बैंकका कर्मचारी लगायत कर्मचारीका परिवार(बाबु–आमा, श्रीमान–श्रीमती, तथा दुई सन्तान)ले नर्भिक इन्टरनेशनल हस्पिटलमा उल्लिखित छुट प्राप्त गर्न सक्नु हुनेछ ।

देशका ७५ वटा शाखाहरुबाट बंैकिङ्ग सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंकले आगामी दिनहरुमा उक्त अस्पतालसँग संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न स्वास्थ्यसँग सम्बन्धीत कार्यक्रमहरु गर्दै जाने सहमति गरेको छ ।

 

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

स्काइवर्थको दसैं अफरः घरायसी उपकरण खरिदमा एमजीको कमेट ईभी जित्न सकिने

काठमाडौं । स्काइवर्थ होम एप्लायन्सेसले दसैंतिहार विशेष अफर सार्वजनिक गरेको छ । स्काइवर्थको नेपालका लागि …

प्रतिकृया दिनुहॊस