काठमाडौं । भूकम्पमा परेर बाजुरामा एक जनाको मृत्यु भएको छ । बाजुरामा मंगलबार दिउँसो गएको भूकम्पमा परेर अन्दाजी ३५ वर्षीया जमुना रोकायको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) सुर्य थापाले गौमुल गाउँपालिका-२ मा अन्दाजी ३५ वर्षीया जमुना रोकायको भूकम्पले जमिन हल्लेर ढुंगा लाग्दा घटनास्थलमै मृत्यु भएको जानकारी दिए । अहिले सम्म जिल्लामा २५ घरमा क्षति पुगेको विवरण प्राप्त भएको डीएसपी थापाकाे भनाइ छ ।
स्थानीय दिलबहादुर थापाका अनुसार रोकाय बारीमा घाँस काट्दै थिइन् । त्यही क्रममा भिरालो जमिनमा ढुंगा खसेर लाग्दा जमुना रोकायको मृत्यु भएको हो । गौमुल गाउँपालिका-१ अम्लिसमा भूकम्पले गोठ भत्किँदा सोही ठाउँका भेडा गोठाला रामदत्त रोकाय घाइते भएका छन् । उनको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको छ। गोठ भत्किँदा उनका ४० भेडा पुरिएका छन् ।
मंगलबार दिउँसो २ बजेर ४३ मिनेटमा बाजुराको हिमाली गाउँपालिका र हुम्लाको ताजाकोट गाउँपालिकाको सीमा क्षेत्रमा पर्ने मैला केन्द्रबिन्दु बनाएर ५.९ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पले बडिमालिका नगरपालिका र हिमाली गाउँपालिकामा गरेर अहिलेसम्म ६ वटा घर भत्काएको प्रारभ्मीक विवरण प्राप्त भएको छ भने विस्तृत विवरण संकलको काम जारी छ ।
सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा भौतिक क्षति भएको छ । बाजुरा, डोटी, बझाङ, अछामलगायत जिल्लामा केही घर भत्किएका छन् भने दर्जनौं घर चर्किएका छन् ।
प्रतिकृया दिनुहॊस