माघ १८ गतेदेखि आईपीओ निष्काशन गर्दै शुभम पावर

काठमाडौं । शुभम पावर कम्पनी लिमिटेडले माघ १८ गतेदेखि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्काशन तथा विक्रि खुल्ला गर्ने भएको छ । कम्पनीले यस अघि नै आयोजना प्रभावितहरु र बैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि लागि आईपीओ बिक्रि गरी बाँडफाँड समेत गरिसकेको छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ४ लाख ८१ हजार ८२२ कित्ता सेयर सर्वसाधारणहरुमा निष्काशन गर्न लागेको हो। सोमध्ये ५८ हजार ५८ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई, २९ हजार ३० कित्ता सामूहिक लगानी कोषमा बाँडफाँट गरिएको छ भने ११ हाजर ६१० कित्ता कर्मचारीहरुलाई छुट्याएको छ।

यस आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री