कांग्रेसले पाउने भयो प्रमुख प्रतिपक्षी दलको सेवा सुविधा

काठमाडौँ । नेपाली कांग्रेसले संसदको प्रमुख प्रतिपक्षी दलको सेवा सुविधा प्राप्त गर्ने भएको छ  । संघीय संसद सचिवालयले प्रचलित ऐनअनुसार कांग्रेसले प्रमुख विपक्षी दलले पाउने सेवा सुविधा प्राप्त गर्ने भन्दै कांग्रेस संसदीय दललाई पत्र पठाएको हो ।

यसअघि कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएपछि कांग्रेस पनि कानुनअनुसार सत्ता पक्ष बनेको व्याख्याहरु हुन थालेका थिए ।

यसबारे अलमल भई प्रमुख प्रतिपक्षी दलको सेवा सुविधा नपाएपछि कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले संघीय संसद सचिवाललाई निवेदन लेखेर सेवा सुविधा दिलाउन माग गरेका थिए ।

उक्त निवेदनकै जवाफमा सचिवालयले यस्तो पत्र पठाएको हो ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप