काठमाडौँ । प्रतिनिधि सभाका उपसभामुखमा इन्दिरा रानाले राष्ट्रिय स्वतन्त्र पार्टी त्यागेकी छन् । उनले प्रेस विज्ञप्ति जारी गर्दै पदमा रहुन्जेल आफू पार्टीको राजनीतिक तथा सांगठानिक जिम्मेवारीबाट अलग हुने बताएकी हुन् ।
विज्ञप्ति निकालेर रानाले उपसभामुखको भूमिकालाई स्वतन्त्र, निष्पक्ष, मर्यादित तथा विश्वसनीय बनाउनका लागि पार्टीको जिम्मेवारीबाट अलग भएको उल्लेख गरेकी छन् । ‘उपसभामुख पदको भूमिकालाई स्वतन्त्र, निष्पक्ष, मर्यादित तथा विश्वसनीय बनाउनका लागि यस पदमा रहुन्जेल म आबद्ध राष्ट्रिय स्वतन्त्र पार्टीको सम्पूर्ण राजनीतिक तथा सांगठानिक जिम्मेवारीबाट अलग भएको घोषणा गर्दछु,’ उनले भनेकी छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद राना सत्ता गठबन्धनबाट साझा उम्मेदवार हुँदै गत माघ ७ मा उपसभामुखमा निर्वाचित भएकी थिइन् ।
तपाईंको प्रतिकृया



