ह्याबिट्याट फर ह्युम्यानिटीको २५औँ वार्षिकोत्सव

काठमाडौं । ह्याबिट्याट फर ह्युम्यानिटी नेपालले २५औँ वार्षिकोत्सव मनाएको छ । शुक्रबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै २५औँ वार्षिकोत्सव मनाइएको हो ।

ह्याबिट्याटले अहिलेसम्म दुई लाख २० हजार २५२ परिवारलाई प्रत्यक्ष निर्माण र अस्थायी आश्रय एनएपआई किट्स र आवास ऋण सहयोग गर्दै आएको छ । आर्थिक वर्ष २०७८–०७९ मा ४४० घर निर्माण गरिएको हयाबिट्याटले जनाएको छ ।

कार्यक्रममा ह्याबिट्याट नेपालका निर्देशक एलिजा स्थापितले भनिन्, “ह्याबिट्याट नेपालले मात्रै देशमा आवश्यकतालाई सम्बोधन गर्न सक्दैन । यसको लागि सार्वजनिक–निजी सहयोग आवश्यक पर्छ । सबै संस्थाको साझेदारीको माध्यमबाट हामीले अर्थपूर्ण, प्रणालीगत परिवर्तनको नेतृत्व गरेर समस्या हल गर्न योगदान गर्न सक्छौँ । हामी धेरै परिवार र समुदायलाई समर्थन गर्न सक्छौँ, ता कि मनिसको सम्मान, सुरक्षा बस्न सक्नेछन् ।”

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री