प्रचण्डलाई विश्वासको मत दिएर गल्ती गर्‍यौं : शेखर कोइराला

काठमाडाैँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएर आफूहरूले गल्ती गरेको बताएका छन् । बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा आइतबार बिहान आफ्नो समूहको बैठकलाई सम्बोधन गर्दै कोइरालाले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएर आफूहरूले गल्ती गरेको बताएका हुन् ।

कोइरालाले आफूले तटस्थ बस्नुपर्नेमा जोड दिए पनि सुनुवाइ नभएको बताए । ;हामीले विश्वासको मत दिएर गल्ती गर्‍यौँ । तटस्थ बस्ने प्रस्ताव मैले कार्यसम्पादन समिति बैठकमा राखेको थिएँ,’ शेखरले बैठकमा राखेको भनाइ उद्धृत गर्दै एक सहभागीले भने, ‘बहुमतको निर्णय मान्नुपर्ने बाध्यता पर्‍यो । विश्वासको मत दिनु हुन्थेन ।’

कांग्रेसले २६ पुसमा संसदमा प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएको थियो । विश्वासको मत दिने निर्णय गर्दा नेता कोइरालाले तटस्थ बस्नुपर्ने प्रस्ताव गरेका थिए । तर, सभापति शेरबहादुर देउवाले संविधानको रक्षाका लागि भए पनि विश्वासको मत दिनुपर्ने बताएका थिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री