सभामुखमा काँग्रेसकी ईश्वरी न्यौपानेको मनोनयन दर्ता

काठमाडौं । सभामुख पदका लागि नेपाली काँग्रेसकी ईश्वरी न्यौपानेले उमेदवारी दर्ता गरेकी छन् ।

न्यौपानेको प्रस्तावकमा कांग्रेस सांसद विश्वप्रकाश शर्मा रहेका छन् भने समर्थकमा नेकपा एकीकृत समाजवादीका प्रकाश ज्वाला रहेका छन् । उनलाई सत्ता साझेदार बाहेकका दलहरुको समर्थन लिने गरि कांग्रेसले छलफल गरिरहेको छ ।

न्यौपाने सभामुख र उपसभामुखको अनुपस्थितिमा सभाध्यक्षता गर्ने अध्यक्ष मण्डलकी सदस्य पनि हुन् । उनी यसअघि कांग्रेसको प्रमुख सचेतक भइसकेकी छिन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री