काठमाडौँ- संसार द्रुत गतिमा विकसित भइरहेको छ, लगभग हरेक प्रकारको व्यापार वा संचार स्मार्टफोन मार्फत सञ्चालन हुने गर्दछन् ।
हामी किनमेल गर्नदेखि सामाजिक सञ्जाल चलाउन, मनोरञ्जनका लागि तथा नयाँ स्थानहरू खोज्न समेत स्मार्टफोनको प्रयोग गर्छौ । यद्यपी स्मार्टफोन प्रयोगको चेकलिस्ट बनाउँदा छोटो भएपनि यसप्रति हाम्रो निर्भरता धेरै छन् । त्यसैले हामी कम मुल्यमा उच्च गुणस्तरिय स्मार्टफोन मन पराउँछौं ।
ग्राहकहरुको यही आवश्यकता एक अग्रणी विश्वव्यापी टेक्नोलोजी ब्रान्ड, भिभोले पुरा गर्दै आइरहेको छ । भिभोले केहि समय अघि आफ्नो युवा केन्द्रित वाई सिरिज पोर्टफोलियोमा दुई नयाँ स्मार्टफोनहरू –वाई २२ र वाई २२एस सार्वजनिक गरेको थियो । भिभो वाई सिरिजका स्मार्टफोनहरु सुलभ मूल्यमा प्रिमियम क्यामेरा सुविधाहरू, शक्तिशाली कार्यसम्पादन तथा अन्य आकर्षक विशेषताका लागि परिचित छन् । तपाईंका लागि यो कसरी अर्को उत्तम स्मार्टफोन हुन सक्छ आउँनुहोस् हेरौं ।
१. तपाईको स्टाइलसँग मेल खाने फोनः
वाई २२ र वाई २२एस दुई उत्कृष्ट र आकर्षक कलर भेरियन्टमा आउँछन् । यसको स्टारलिट ब्लू कलर भेरियन्टले ब्रम्हाण्डको चम्किलो ताराहरुको आभास गराउँदछ । यो फिंगरप्रिन्ट प्रतिरोधी हुनका साथै हातमा बोक्न पनि सहज र आरामदायक छ । त्यस्तै वाई२२ को मेटाभर्स ग्रीन र वाई२२एस को समर क्यान कलर भेरियन्ट मेटाभर्सबाट प्रेरित भएर उन्नत टेक्स्चरिंग प्रविधिहरू मार्फत बनाइएको छ ।
२. आकर्षक डिजाइनः
वाई२२ र वाई२२एस को डिजाइन सरल, सुरुचिपूर्ण भएपनि निकै आकर्षक छ । यो उपकरणको करनरहरु स्मुद छ भने यसमा समतल फ्रेम, र २.५डी वक्रता छ । यसमा पछाडि दुईवटा ठूला क्यामेराहरू छन् जसले परिष्कृत र सुन्दर तस्वीरहरु खिच्छ । यसमा एन्टी–ग्लेयर (एजी) फ्रोस्टेड सतह छ जसले स्क्र्याच र फिंगरप्रिन्ट प्रतिरोधी बनाउँदै मजबुद अनुभूति दिन्छ । यसमा साइड फिंगरप्रिन्ट स्क्यानर र फेस वेक प्रकार्य जस्ता नयाँ सुविधाहरू पनि समावेश छन् । साइड फिंगरप्रिन्ट डिजाइनले स्मार्टफोनहरूलाई पावर बटन र फिंगरप्रिन्ट स्क्यानरको संयोजन गरेर थप सौन्दर्यपूर्ण रूप दिन्छ । वाई२२ सिरिजको ६.५५ इन्चको एचडी कलर–रिच स्क्रिनले प्रयोगकर्ताहरूलाई एकदम स्पष्ट र गुणस्तरिय जीवन्त दृश्य प्रदान गर्दछ । साथै आँखाको सुरक्षाका लागि आई प्रोटेक्शन मोड पनि छ ।




