काठमाडौँ । आइतबार पोखरामा भएको दुर्घटनाको शोकमा यती एयरलाइन्सले आजका लागि तय भएका सबै उडान स्थगित गरेको छ । विमान दुर्घटनामा ज्यान गुमाएकाहरुको शोकमा कम्पनीका तर्फबाट देशभरको उडान रद्द गरिएको एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए ।
आइतबार बिहान १०ः३२ बजे काठमाडौंबाट पोखराका लागि ६८ यात्रु र चार चालक दलका सदस्यसहित ७२ जना सवार उडेको यति एयरको विमान पोखरामा अवतरण गर्ने क्रममा सेती नदी किनारमा दुर्घटनामा परेको थियो ।
तपाईंको प्रतिकृया




