घनश्याम भुसाल नेकपा एसको महासचिव बन्ने

काठमाडाैँ । एमाले त्यागेका घनश्याम भुसाल माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी (नेकपा एस) मा प्रवेश गर्दैछन् । नेकपा एसले महासचिव दिने भएपछि उनी आज सो पार्टी प्रवेश गर्ने भएका हुन् ।

प्रतिनिधिसभा सदस्य निर्वाचनमा एमालेले उम्मेदवार नबनाएपछि भुसालले पार्टी त्यागेका थिए । रूपन्देही १ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका उनी एमालेका छविलाल विश्वकर्मासँग पराजित भएका थिए । भुसालले एमालेका केन्द्रीय कमिटीका केही सदस्यलाई आफूसँगै नेकपा एसमा लैजान खोजे पनि सम्भव नभएपछि उनी एक्लै प्रवेश गर्ने भएका हुन् ।

नेकपा एसका एक नेताका अनुसार तत्काल उनी नेकपा एसको सचिवालय सदस्यमा मनोनित हुने र केही समयपछि महासचिव बन्ने समझदारी भएको छ । नेकपा एसले भुसाल प्रवेशको कार्यक्रम तय गरिसकेको छ । पार्टीको नाम, नीति, नेतृत्वलगायत विषयमा भएका वार्ता परिणाममुखी भएकाले भुसाल नेकपा एसमा प्रवेश गर्ने भएको सो पार्टीले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री