एमाले सांसद लक्ष्मी महतोलाई पक्राउ गर्न गृहमन्त्री लामिछानेको निर्देशन

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न निर्देशन दिएको बताएका छन् । उन आफूले जानकारी पाउनेबित्तिकै आईजीपीलाई फोन गरेर महतोलाई पक्राउ गर्न निर्देशन दिएको बताएका हुन् ।

संसदमै उपस्थित हुँदा आफुले नदेखेको र पछि सञ्चार माध्यमबाट थाहा पाएपछि पक्राउ गर्न भनिएको उनले उल्लेख गरे । सांसद महत्तो मधेस आन्दोलनका क्रममा सशस्त्रका असइ थमन विकको हत्या अभियोगमा फरार सूचीमा रहेका छन् ।

मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले विश्वासको मत लिंदा सांसद महतो प्रतिनिधिसभा बैठकमा सहभागी भई प्रधानमन्त्रीको पक्षमा मत दिएका थिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री