काठमाडौं – विद्युतीय राहदानी (ई-पासपोर्ट) प्रमाणीकरण गर्ने प्रक्रियामा देखिएको समस्या समाधान भएको छ । राहदानी विभागले एक सूचनामार्फत अब नियमित रूपमा राहदानीको काम हुने पनि जानकारी दिएको छ ।
साथै प्रधानमन्त्रीले दिएको निर्देशनानुसार राहदानी वितरणको कामलाई थप प्रभावकारी बनाइने पनि विभागले जनाएको छ । पुस १७ गते प्रधानमन्त्रीले राहदानी सेवालाई चुस्त गपार्न निर्देशन दिएकै दिन पासपोर्ट वितरण अवरुद्ध भएको थियो ।
तपाईंको प्रतिकृया




