पाल्पाको खुर्सानेमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु, मृतक सबै एउटै गाउँका महिला

काठमाडाैँ । पाल्पाको रैनादेवी छहरा गाउँपालिका-८ खुसार्नेमा भएको यात्रुवाहक बस दुर्घटनामा ६ जनाको मृत्यु भएकाे छ । रुपन्देहीको सालझण्डीबाट यात्रु लिएर खुसार्ने जाँदै गरेको यात्रुबाहक बस खुसार्ने पुग्नै लाग्दा गएराति साढे नौ बजे मधुवन टारीफाँट नजिकै धारादी गैरामा दुर्घटना भएको हो ।

ग१ख ४९७७ नम्बरको बस दुर्घटना हुँदा खुसार्ने गाउँका ६ जना महिलाको मृत्यु भएकाे वडा नं. ८ का वडाध्यक्ष रेमबहादुर रानाले जानकारी दिए । उनकाअनुसार दुर्घटनामा खुसार्ने गाउँका खेमकुमारी राना, निर्मला घिमिरे, सुरुमा घिमिरे, कमला खत्री, गुनी गाहा र दानकुमारी खत्रीको मृत्यु भएकाे छ । मृतक सबै खुर्साने गाउँका हुन् ।

बस सडकबाट करिब ६० मिटर तल भिरमा खसेको छ । पाल्पा र रुपन्देहीका प्रहरी तथा स्थानीयले उद्धारको कार्य जारी राखेका थिए । दुर्घटनामा घाइते भएका अन्य १८ जनालाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको वडाध्यक्ष रानाले बताए । बस दुर्घटना भएको ठाउँ रूपन्देहीको सालझण्डी ढोरपाटन सडकअन्तर्गत पर्छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सहकारीको डेढ अर्बभन्दा बढी रकम ठगी फरार मेयर नेपाली भारतबाट पक्राउ

काठमाडौं – सहकारीका बचतबकर्ताको करोडौं रकम अपचलन गरी फरार बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली …

प्रतिकृया दिनुहॊस