मधेस प्रदेशमा एमाले संसदीय दलको नेतामा सरोज यादव चयन

काठमाडाैँ । मधेस प्रदेशसभाको पहिलो ठूलो दल नेकपा (एमाले) संसदीय दलको नेतामा सरोज यादव चयन भएका छन् । मधेस प्रदेश पार्टी कमिटीले दलको नेतामा उनलाई चयन गरेको हो ।

मङ्गलबार जनकपुरमा एमाले संसदीय दलको बैठक बसेको थियो । आकांक्षी बढी भएपछि दलको नेता चयन गर्ने जिम्मा प्रदेश कमिटीलाई दिइएकामा उक्त कमिटीले यादवको नाम चयन गरेको एमाले नेता सोमप्रसाद शर्माले जानकारी दिए । एमाले केन्द्रीय सदस्यसमेत रहनुभएका यादव महोत्तरी क्षेत्र नं ४ (१) बाट निर्वाचित भएका थिए ।

दलको नेताका लागि एमाले केन्द्रीय सदस्य समेत रहेका रामचन्द्र मण्डल, हरिनारायण महतो, राजकुमार लेखी, शारदादेवी थापालगायत दाबेदार थिए । मधेस प्रदेशको सबैभन्दा ठूलो दल एमालेका २३ सांसद छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एकै सिजनमा तीनपटक सगरमाथा चढिन् पूर्णिमा

   

प्रतिकृया दिनुहॊस