नबिल बैंक र मिडास एजुकेसनबीच समझदारी पत्रमा हस्ताक्षर

काठमाडौं । नबिल बैंक र मिडास एजुकेशन प्रालिबीच छुट दिने सम्झौता भएको छ । सम्झौता अनुसार नबिलका ग्राहकहरूले मिडास ई–क्लासका पठनपाठनका सामग्रीहरूमा विशेष छुटहरू प्राप्त गर्न सक्नेछन् ।

नबिलका ग्राहकहरूले मिडास ई–क्लासको एक वर्षको शिक्षण र सिकाउने सफ्टवेयर ८०० रुपैंयामा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

यस्तै, ट्युसन, गृहकार्यमा मद्दत हुने कक्षा, र परीक्षा तयारीका कक्षाहरूमा २५ प्रतिशत छुट प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री