बझाङमा ट्याक्टर दुर्घटना, दुई जनाको ज्यान गयो

काठमाडाैँ । बझाङमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । बझाङको छविसपाथीभेरा गाउँपालिका–५ थलारामा से २ त २३४३ नम्बरको ट्याक्टर दुर्घटना हुँदा चालक मङ्गल धामी र सहचालक धनबहादुर ठगुन्नाको ज्यान गएको हो ।

उनीहरुको घटनास्थलमै ज्यान गएको प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले जानकारी दिए । झोलुङ्गे पुलको सामान लिएर गएको ट्याक्टर उकालो सडकमा पछाडि सरेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री