पासपोर्ट र लाइसेन्स लिन लाइन लाग्न नपर्ने व्यवस्था गर्ने सरकारको निर्णय

काठमाडौं – सरकारले सेवाग्राहीले सास्ती व्यहोर्नुपर्ने विभिन्न कार्यालयको सेवामा सुधार गर्ने निर्णय गरेको छ । सोमबार पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मन्त्रिपरिषदको पहिलो बैठकले राहदानी, सवारी चालक अनुमतिपत्र (लाइसेन्स) आदि वितरण हुने कार्यालयको सेवामा सुधार गर्ने निर्णय गरेको हो ।

लामो लाइनलाई नियन्त्रण गर्न र हटाउने विषयमा काम गर्ने प्रधानमन्त्री प्रचण्डलेले बताए । ‘राहदानी, लाइसेन्ससम्बन्धी लामो लामो लाइन देखिएको छ । यसलाई नियन्त्रण गर्ने र प्रभावकारी ढंगले काम गर्ने केन्द्रित भएका छन् । जनताको समस्या समाधान गर्न काम गर्नेतर्फ काम गर्ने छौं’ प्रचण्डले भने । मन्त्रिपरिषद्को पहिलो बैठकअघि दाहालले सोमबार साँझ सिंहदरबारमा पदवहाली गरेका थिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री