काठमाडाैँ । जनमत पार्टीका अध्यक्ष सीके राउतले पहिलो क्लासमै यति धेरै ज्ञान र वितृष्णा देखिएको बताएका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गरेका राउतले आफूले सोचेभन्दा धेरै ज्ञान र वितृष्णा देखिएको बताएका हुन् ।
उनले ट्वीटरमा लेखेका छन्, ‘सत्ताको पहिलो क्लास आज – पहिलो क्लासमै यति धेरै ज्ञान र वितृष्णा होला जस्तो लागेको थिएन। बस म त सुनिरहें। ‘
काँधमा लाखौं जनताको अपेक्षा र जिम्मेवारी नभइदिने आफू कतिखेर राजनीतिबाट पनि सन्यास लिइने उनको भनाइ छ । उनले अगाडि लेखेका छन्, ‘तर आफैं जलेर, कालो खरानी बने पनि, उज्यालो पार्नु छ रे ! मेरो नियति ।’
सत्ताको पहिलो क्लास आज – पहिलो क्लासमै यति धेरै ज्ञान र वितृष्णा होला जस्तो लागेको थिएन। बस म त सुनिरहें।
काँधमा लाखौं जनताको अपेक्षा र जिम्मेबारी नभइदिने हो भने म कतिखेर राजनीतिबाट पनि सन्यास लिइसक्थें होला।
तर आफैं जलेर, कालो खरानी बने पनि, उज्यालो पार्नु छ रे ! मेरो नियति। pic.twitter.com/roMKEvSJ73
— Dr. CK Raut (@drckraut) December 25, 2022




