बालुवाटारमा सत्ता गठबन्धनको निर्णायक बैठक

काठमाडाैँ । प्रधानमन्त्रीको पहिलो कार्यकाल टुंगो लगाउनका लागि बालुवाटारमा सत्ता गठबन्धनको बैठक शुरू भएको छ । सरकारको नेतृत्व पहिले कांग्रेसले गर्ने वा माओवादी केन्द्रले भन्ने निर्णयका लागि पाँच दलीय गठबन्धनका शीर्ष नेतृत्व छलफलमा जुटेका हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारी सरकार निर्माणका लागि दिएको सात दिनको समय आज पाँच बजे समाप्त हुँदैछ । त्यसअघि कार्यकालबारेको विवाद छिनोफानो गर्दै दाबी पेश गर्ने तयारी सत्ता गठबन्धनको छ ।

गठबन्धनको बैठकअघि देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको थियो । पहिलो प्रधानमन्त्री को भन्ने विषयमा सहमति जुट्न नसकेपछि शनिबार साँझको सत्ता गठबन्धन बैठक बिनानिष्कर्ष सकिएको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री