बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडाैँ । नेपाली बजारमा आइतबार सुनको भाउमा सामान्य वृद्धि देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा सुनको भाउ प्रतितोला २ सय रुपैयाँले बढेको हो ।

यससँगै छापावाल सुनको भाउ प्रतितोला एक लाख ५ सय रुपैयाँ पुगेको छ । त्यस्तै तेजावी सुनको भाउ प्रतितोला एक लाख रुपैयाँ पुगेको छ ।

आइतबार चाँदीको भाउ भने स्थिर देखिएको छ । चाँदी प्रतितोला १३९० रुपैयाँमा कारोबार भइरहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री