सरकारले दिने घर भाडा सुविधा नलिने सांसद तोसिमा कार्कीको घोषणा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले सम्पर्क कार्यालयका लागि फ्ल्याट उपलब्ध गराउन अनुरोध गरेकी छन् । उनले सामाजिक सञ्जालमार्फत जावलाखेल, एकान्तकुना र भणिमण्डल क्षेत्रमा फ्ल्याट उपलब्ध गराउन अनुरोध गरेकी हुन् ।

आफू निर्वाचित भएको क्षेत्र ललितपुर ३ मा सबैलाई पायक पर्ने गरी सम्पर्क कार्यालय खोल्ने तोसिमाको तयारी छ । ‘ललितपुर ३ का सबैलाई पायक पर्ने गरी, जावलाखेल, एकान्तकुना, भणिमण्डल रिङरोड क्षेत्रमा मेरो एउटा सम्पर्क सचिवालय राख्ने सोचमा छु,’ उनले भनेकी छन्, ‘देश र जनतामा समर्पित रही काम गर्नका लागि सम्पर्क कार्यलय/सचिवालयको ठाउँ खोज्दैछु । हजुरको घरको एउटा फ्ल्याट/एक तल्ला सेवाको लागि दिन तयार कोही हुनुहुन्छ की ? ३ देखि ४ कोठा भएको, पार्किङ गर्ने ठाउँ भएको, अलि शान्त ठाउँमा तर रिङरोड नजिकै ।’

साथै उनले सरकारको तर्फबाट दिइने घर भाडा नलिने घोषणा गरिन् । ‘यो हजुरको तर्फबाट नितान्त निस्वार्थ सहयोग हुनेछ (विना कुनै सर्त) सरकारको तर्फबाट दिइने घर भाडा साथै घर खर्च म लिने छैन,’ तोसिमाले अगाडि भनेकी छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री