रवि लामिछानेले खुलाए जागिर, विदेशबाट फर्कनेलाई अवसर

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टी कार्यालयमा जागिरको अवसर सार्वजनिक गरेका छन्। सांसदको शपथ लिएको भोलिपल्ट उनले विदेशबाट फर्कनेका लागि आफ्नो पार्टी कार्यालयमा जागिरको अवसर सार्वजनिक गरेका हुन् ।

शुक्रबार बिहान सामाजिक सञ्जालमार्फत रविले चितवनस्थित कार्यालयका लागि प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि भ्याकेन्सी खुलाएका छन् । विकास, सुशासन, व्यवस्थापनलगायतका सम्पूर्ण काम सम्हाल्न सक्नेलाई आकर्षक तलव तथा सुविधा दिने भन्दै उनले सीभी (बायोडाटा) पठाउन अनुरोध गरेका छन् ।

‘कति बाकसमा मात्र फर्किने ? अब आकर्षक जागिरका लागि श्वास र आश लिएर नेपाल आउने नी, हैन त ? शुरूवात एकजनाबाट, थप योजना सार्वजनिक गर्दै जाँउला । आफ्नो ऋख् मलाई पठाउनु होला । म तपाईंलाई लिन आफैँ एयरपोर्ट आउँछु’, रविले लेखेका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री