काठमाडौँ । राष्ट्रपतिले प्रतिनिधिसभाका ज्येष्ठ सदस्य जबरालाई शपथ ग्रहण गराउने भएकी छन् । राष्ट्रपति कार्यालयले नवनिर्वाचित प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबरालाई बुधबार या बिशिबार बिहान शपथ ग्रहण गराउने तयारी गरेको छ ।
राष्ट्रपति कार्यालयका सञ्चार विज्ञ टीका ढकालका अनुसार बिहीबार राष्ट्रपति भण्डारी बुटवल जाने कार्यक्रम छ । त्यसकारण बुधबार या बिहिबार बिहानै नै शपथ ग्रहण गराउने तयारी भएको हो ।
प्रतिनिधिसभामा निर्वाचित भएका २७५ सांसदलाई शपथ ग्रहण गराउनुअघि ज्येष्ठ सदस्य आफैंले शपथ लिनुपर्नेछ । संघीय संसद सचिवालयले सांसदहरुको शपथ कार्यक्रम ७ पुसको दिउँसो १ बजे तय गरेको छ । जबरा ८१ वर्षका भए ।
तपाईंको प्रतिकृया




