रोनाल्डोको युभेन्टससँग फ्रोसिनोने २-० ले पराजित

काठमाडाैं । सिरि ए फुटबलमा इटालियन क्लब  युभेन्टसले फ्रोसिनोनेलाई २-० ले पराजित गरेको छ। आइतबार राति भएको खेलमा नतिजा आफ्नो पक्षमा पार्ने क्रममा सो दुई गोल युभेन्टसले खेलको ८१ औं  र अतिरिक्त समयको चौथो मिनेटमा गरेको थियो।

उसका लागि पहिलो गोल रोनाल्डोले गरेका थिए भने दोश्रो गोल बर्नार्डेस्कीले गरेका थिए।  युभेन्टस र रोनाल्डोलाई फ्रोसिनोनेको पोस्टमा गोल गर्न निकै संघर्ष गर्नु परेको थियो ।

यो जीतसँगै लगातार पाँच खेल जितेको युभेन्टसको १५ अंकसहित शीर्ष स्थानमा छ भने नेपोली १२ अंकसहित दोस्रोमा छ। हिजै भएको खेलमा नेपोलीले तोरिनोलाई ३–१ ले पराजित गरेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपाल ओमानसँग १ विकेटले पराजित

काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गतको क्यानडा भ्रमणमा नेपालले दोस्रो हार ब्यहोरेको छ । …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds