नेपाली बजारमा लेन्समी अप वर्कस्पेस सार्बजनिक

काठमाडौँ । लेन्समी अप वर्कस्पेस नेपाली बजारमा सार्बजनिक गरिएको छ । यस वर्कस्पेसबाट नयाँ समुह बनाउन, जोड्न, साझेदारीमा व्यवस्थित रुपमा काम गर्न सकिने कम्पनिले जानकारी दिएको छ ।

साथै उक्त वर्कस्पेसको माध्यमबाट कामको अबस्था निरन्तर अनुगमन गर्न, लक्ष्य तय गर्न, कामको प्राथमिकता तय गर्न र डेडलाइनको सहजै जानकारी लिन नविनतम शैलीमा सकिने बताइएको छ ।

आफ्नो कामलाई व्यवस्थित गरि थोरै समयमा धेरै काम गर्न लेन्समी अपको यो सेवा सहयोगी हुने कम्पनिले दाबी गरेको छ । लेन्समी अपको सेवा लिएपछि कम्पनिहरुले कामको अनुगमन गर्न, फाइलहरु आदान प्रदान गर्न, रियल टाइम कुराकानी आदान प्रदान गर्न, कामलाई व्यवस्थित सजिलो हुने छ ।

कम्पनिका संचालक निराजन केसी भन्छन्-  ‘हामि हाम्रो सेवा संचालन गर्न पाउदा हर्षित छौ । हामीलाई आशा छ, हाम्रो सेवाले धेरैलाई सहोयोग गर्ने छ र यो सेवालाई हामीले नेपाल मात्र नभई छिट्टै नै अन्तराष्ट्रिय स्तरमा लैजान सक्ने छौं ।

साधारण मान्छेले पनि सजिलै प्रयोग गर्न सकिने र कम्पनिहरुले लगानी गर्दा पनि मितव्ययी हुने र यसले दैनिक कार्यसम्पादन प्रभावकारी बनाउने केसीले बताए । यो वर्क स्पेसक बिभिन्न सेवाहरु अलग अलग लिएर आफ्नो काम गर्न सकिने वयवस्था गरिएको भन्दै हाल यो सेवा तीन महिनाका लागि नि: शुल्क प्रयोग गर्न सकिने उनले जानकारी दिएका छन् ।

हालको लागि यो सेवा प्रगोग गर्न कम्पनिको वेबसाइट www.lancemeup.com भिजिट गर्न सकिने छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री