काठमाडौं । कपालमा चायाँ परेर हामीमध्ये धेरैजना हैरान भइरहेका हुन्छौं । चायाँ छाला सम्बन्धी एक प्रकारको समस्या हो । टाउकाको छालाबाट मरेका कोषहरू बाहिर निस्केपछि त्यसलाई नै चाँया भनिन्छ । गर्मी समयमा भन्दाबढि जाडो समयमा चाँयाले धेरै सताउने गरेको पाइन्छ ।
टाउकोमा परेको चायाँको असर अनुहारमा पनि पर्ने भएकाले मानिसहरु आफ्नो सौन्दर्यका लागि निकै चिन्तित हुन्छन् ।चायाँ हटाउने केही घरेलु उपायहरुको बारे चर्चा गछौं ।
चाया पर्ने कारणहरु :
– बढ्दो व्यस्ततासँगै नियमित रुपमा कपाल नुहाउन नभ्याउँदा पनि यस्तो चायाले सताउने गरेको छ ।
– धुलो धुवाँ लगायत वातावरणीय प्रदूषणले कपाल फोहोर हुने गर्दछ । जसको कारण पनि कपालमा चाया पर्ने गर्दछ ।
– चकलेट, क्याटवरी जस्ता गुलियो चिज बढी खानाले पनि कपालमा चाया पर्ने गर्दछ ।
– धेरै समयसम्म टाउकोमा उनको टोपी तथा हेलमेट लगाउने गर्नाले पनि कपालमा चाया पर्दछ ।
– कपालमा चाया भएको मानिसले कपाल कोरेको काईयोले अरु मानिसले कपाल कोर्दा पनि चाया सर्ने र त्यसपछि चाया पर्ने गर्दछ ।
– गुणस्तर हिन वा केमिकल ९रसायन० युक्त सेम्पुले टाउको नुहाउँदा, जुन पायो त्यही साबुनले टाउको नुहाउँदा पनि कपालमा चाया पर्ने गर्दछ ।
– नुहाउने क्रममा कपालको सावुन तथा सेम्पु राम्ररी नपखालिँदा पनि कपालमा चाया पर्दछ ।
कसरी हटाउने चाँया ?
– नुहाउनुअघि तालुमा कागतीको रस लगाएर मालिस गर्नुहोस् । कपाललाई १५–२० मिनेट राम्ररी पखाल्नुहोस् । यसले कपालमा भएको चिपचिप हटाउन, चाँया भगाउन र कपालमा चमक ल्याउन मद्दत गर्छ ।
– नुहाउनु भन्दा अघि तालुमा एलोभेराको जेल लगाएर मालिस गर्नुहोस् । त्यसलाई त्यतिकै २० मिनेटसम्म छाड्नुहोस् र कपाललाई स्याम्पु लगाएर धुनुहोस् ।
– कपाल र तालुमा दही राखेर करिब १ घण्टा त्यतिकै छाड्नुहोस् । स्याम्पु लगाएर राम्ररी पखाल्नुहोस् । यसलाई हप्ताको दुई पटक गर्नुहोस् ।




