घट्यो इन्धनको मूल्य, यस्तो छ नयाँ मूल्य सूची

काठमाडौँ । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । निगमले राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोल, डिजेल र मटितेलको मूल्यमा प्रतिलिटर ३-३ रुपैयाँ घटाएको निगमले जनाएको छ ।

मूल्य घटेसँगै अब पेट्रोलको प्रतिलिटर मूल्य १७८ र डिजेल-मटितेलको प्रतिलिटर मूल्य १७५ हुने छ । यसअघि पेट्रोलको मूल्य प्रति लिटरको १८१ र डिजेल-मटितेल १७८ रुपैयाँ थियो । आयोगले हवाई इन्धन र एलपी ग्याँसको मूल्य भने यथावत् नै राखेको छ ।

भारतीय आयल कर्पोरेसन (आईओसी) ले शुक्रबार नेपाल आयल निगमलाई इन्धनको मूल्य घटाएर पठाएको थियो । यसअघि मूल्य घटेर आउँदा पनि इन्धनको मूल्य नघटाएको निगमको आलोचना भइरहेका बेला यस पटक भने इन्धनको मूल्य घटाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री