हिमालयन बैंककाे nepalpay QR मार्फत् भुक्तानी गर्न सकिने

हिमालयन बैंक लिमिटेडले SalesBerry Department Store मा नेपाल क्लियरिङ्ग हाउस द्वारा प्रवद्र्घित nepalpay QR मार्फत भुक्तानी गर्न सकिने व्यवस्था गरेको छ । हिमालयन बैंङ्क लिमिटेड र नेपाल क्लियरिङ्ग हाउस बीच भएको सम्झौता अनुसार ग्राहकहरुले SalesBerry Department Store मा बैंकिङ्ग, कनेक्ट आइपिएस मोबाइल एप वा अन्य कुनै nepalpay QR  सुबिधा भएको मोबाइल बैंकिङ्ग बाट सजिलै स्क्यान गरी भुक्तानी गर्दा १० प्रतिशत (अधिकतम रु १०० सम्म) क्यासब्याक तुरुन्तै खातामा प्राप्त गर्न सक्नेछन् ।

क्यासब्याकको अफर नेपाल भरिका SalesBerry Department Store का शाखाहरुमा मंसिर २५, २०७९ देखि पौष ३०, २०७९ गतेसम्म उपलब्ध हुनेछ । देशको सबै भन्दा ठूलो रिटेल स्टोर मध्यको एक यस स्टोरमा लागू गरिएको उक्त अफर मार्फत नगद रहित भुक्तानीलाई थप प्रोत्साहन प्रदान गर्ने बैंकको विश्वास रहेकाे जानकारी गराएकाे छ ।

 

 

 

 

 

 

 

 

 

 

बारेमा news

यॊ पनि हेर्नुहॊस

लक्ष्मी सनराईज बैंकले ल्यायो ‘शिक्षित लक्ष्मी’ कार्यक्रम

काठमाडौँ । महिला सशक्तीकरणप्रतिको प्रतिबद्धतालाई निरन्तरता दिँदै लक्ष्मी सनराईज बैंकले शिक्षित लक्ष्मी पहलको थालनी गरेको …

प्रतिकृया दिनुहॊस

This will auto close after