यी हुन् मन्त्रिपरिषद् बैठकका २४ निर्णय (सूचीसहित)

काठमाडौं। सरकारले मङ्सिर ४ गते सम्पन्न निर्वाचनलाई सफल बनाउन आ–आफ्नो क्षेत्रबाट महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने सबैमा हार्दिक धन्यवाद दिएको छ।

मङ्सिर २० गते बसेको मन्त्रीपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्न आज सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन सफलतापूर्वक सम्पन्न गरेकोमा सवैमा सरकारले धन्यवाद दिने निर्णय गरेको बताए।

मन्त्रीपरिषद् बैठकले सार्वजनिक हितका लागि आवश्यक सेवामा हड्ताल गर्न निषेध गर्ने सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय गर्नुसँगै विभिन्न देशबाट प्राप्त हुने अनुदान सहायताहरू स्वीकार गर्ने निर्णय गरेको छ।

सरकारले विद्यालय शिक्षा क्षेत्र आयोजनाका लागि नर्वे सरकारबाट प्राप्त हुने करिब २ अर्ब ५७ करोड रुपैयाँ बरावरको अनुदान सहायता स्वीकार गर्ने र सोही आयोजनाका लागि फिनल्याण्ड सरकारबाट प्राप्त हुने करिब २ अर्ब ५४ करोड बरावरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप