बैतडीमा जीप दुर्घटना, घाइते ४ मध्ये २ को अवस्था गम्भीर

बैतडी। बैतडीमा जीप दुर्घटना हुँदा ४ जना घाइते भएका छन्।

बझाङको बुगलबाट धनगढीतर्फ आउँदै गरेको से१च १२२६ नम्बरको जीप बैतडीको सुर्नया गाउँपालिका–६ मोतिनगर बजारनजिकै दुर्घटना हुँदा ४ जना घाइते भएका हुन्।

दुर्घटनामा बझाङको बुङ्गल नगरपालिका–९ की ४० वर्षीया नर्मा पातली, सोही ठाउँकी ७० वर्षीया काली पातली, ४५ वर्षीय नरपती पातली र चालक बझाङकै केदारस्यू गाउँपालिका–५ का २० वर्षीया धनबहादुर गुर्धामी घाइते भएका छन्।

घाइते नरपती र काली पातलीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। घाइतेहरूलाई उपचारका लागि डडेलधुरा लगिएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री