धनगढीमा निषेधाज्ञा तोडेर विद्यार्थीहरु प्रदर्शनमा उत्रिएपछि प्रहरीद्वारा अश्रुग्यास प्रहार

काठमाडाैँ । धनगढीमा निषेधाज्ञा तोडेर विद्यार्थीहरु प्रदर्शनमा उत्रिएका छन् । जिल्ला प्रशासन कार्यालय कैलालीले जारी गरेको निषेधाज्ञा तोडेर विद्यार्थीहरु प्रदर्शनमा उत्रिएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन डेढ दर्जन सेल अश्रुग्यास प्रहार प्रहार गरेको छ ।

निषेधाज्ञा लागू गरिएको घटनास्थलबाट विद्यार्थी र स्थानीय महिला गरी ११ जनालाई नियन्त्रणमा लिएको बताइएको छ । हाल त्यहाँको स्थीति तनावमा छ ।

ग्रेडरको ठक्करबाट १५ वर्षीया बालिका चेतना साउदको मृत्यु भएको घटनालाई लिएर स्थानीय प्रशासनले धनगढीमा निषेधाज्ञा जारी गरे पनि न्यायको माग गर्दै बिहानैदेखि प्रदर्शन गरिरहेका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री