पुवाखोला दोस्रो आयोजनामा नेपाल बंगलादेश बैंकले ६० करोड लगानी गर्ने

इलाम। इलामको पुवाखोला दोस्रो जलविद्युत आयोजनामा नेपाल बंगलादेश बैंकले ६० करोड रुपैयाँ ऋण लगानी गर्ने भएको छ । ५ मेगावाटको आयोजना पिपल्स पावर लिमिटेडले निर्माण गरिरहेको छ ।

आयोजनामा ऋण लगानी सम्बन्धि सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्र ढुङाना र पिपल्सका अध्यक्ष वीरेन्द्र न्यौपानेले हस्ताक्षर गरे।

कम्पनीले इलाम नगरपालिका वार्ड नं. १ साँखेजुङ्ग र माइपोखरी  वार्ड नं. ४ भई बग्ने पुवा खोलामा निर्माण गरिरहेको छ । ९० करोड रुपैयाँ लागत रहने आयोजनामा बैंकले ६० करोड ऋण र प्रबद्र्धकहरुको तर्फबाट ३० करोड रुपैयाँ स्वपूँजी लगानी हुनेछ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप