बाजुरामा रोकियो मतगणना

काठमाडाैँ । बाजुरामा प्रतिनिधिसभाकाे मतगणना स्थगित भएकाे छ । गणनाका क्रममा मुचुल्कामा लेखिएकाे भन्दा बढी मतपत्र भेटिएपछि स्थगित भएकाे हाे ।

हिमाली गाउँपालिका ६ धिम मतदान केन्द्रको मतगणनाका क्रममा मुचुल्कामा उल्लेख गरिएकाे भन्दा ४० मत बढी भेटिएका छन् । त्यहाँ नेपाली कांग्रेसका उमेदवार बद्री पाण्डेकाे अग्रता छ ।

गणना रोकिनुभन्दा अगाडिको नतिजाअनुसार पाण्डेले ५३९९ मत ल्याउँदा उनलाई पछ्याइरहेका नेकपा एमालेका उमेदवार कर्णबहादुर थापाले ४१३० मत ल्याएका छन् । उनीहरूबीच १२६९ को मतान्तर छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

मकै गोडिरहेकी झुपाको करेन्ट लागेर मृत्यु

काठमाडौं । रुकुम पश्चिममा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको मुसिकोट नगरपालिका-८ …

प्रतिकृया दिनुहॊस