नेपाल चाइना चेम्बर गण्डकी प्रदेश अध्यक्षमा बाराही ग्रुपका वैभव पौडेल

काठमाडाैं । नेपाल चीन उद्योग वाणिज्य संघ (नेपाल चाइना चेम्बर)को गण्डकी प्रदेश अध्यक्षमा व्यवसायी वैभव पौडेल मनोनीत भएका छन्। संघको विधानअनुसार गण्डकी प्रदेश अध्यक्षमा पौडेललाई मनोनीत गरिएको अध्यक्ष त्रिभुवनधर तुलाधरले जानकारी दिए।

पर्यटन व्यवसायी पौडेल नेपाल युवा उद्यमी मञ्चका पूर्वअध्यक्ष हुन्। उनी होटल बाराही, बाराही हस्पिटालिटी, बिच बार एन्ड लज, ब्यञ्जन रेष्टुरेन्ट, बाराही जंगल लज, बब्स जिम लगायत विभिन्न व्यवसायका सञ्चालक हुन्।

पर्यटन र सेवा क्षेत्रमा डेढ दशकको अनुभव रहेका पौडेल रेबान, हान, स्वीमिङ एशोसिएसन लगायतका संघ संस्थामा उत्तिकै सक्रिय रहेका छन्।

पोखरा लगायत गण्डकी प्रदेशमा फैलँदो चिनियाँ लगानी तथा चिनियाँ पर्यटकको चापलाई दृष्टिगत गर्दै नेपाल चीन उद्योग वाणिज्य संघले पहिलो प्रादेशिक च्याप्टर यसै क्षेत्रमा गठन गरेको हो। संघका अध्यक्ष तुलाधरले नेपाल र चीनबीच आर्थिक सामाजिक सम्बन्ध विस्तार गर्ने तथा व्यापार र लगानी सहजीकरण गर्ने संघको मूल उद्देश्य परिपूर्तिका लागि युवा व्यवसायी पौडेलको अध्यक्षतामा रहेको गण्डकी प्रदेश समितिले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताएका छन्।

प्रदेश अध्यक्ष पौडेलले संघले प्रदान गरेको जिम्मेवारी निर्वाह गर्दै गण्डकी प्रदेशमा चिनियाँ लगानी आकर्षित गर्ने तथा चिनियाँ पर्यटकको हब बनाउनेतर्फ आफू केन्द्रित रहने प्रतिबद्धता जनाएका छन्।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

२५ अंकले बढ्यो नेप्से, ४ अर्ब १७ करोडको कारोबार

काठमाडौं । मंगलबार नेप्से परिसूचक २५ अंकले बढेको छ । आज नेप्से २५.८८ अंकले बढेर …

प्रतिकृया दिनुहॊस