समानुपातिकतर्फ घण्टीको १० लाख मत नाघ्यो

काठमाडौं – समानुपातिकतर्फ नेकपा एमाले शीर्ष स्थानमा रहेको छ । निर्वाचन आयोगले उपलब्ध गराएको पछिल्लो अपडेटअनुसार अहिलेसम्म ८८ लाख ९८ हजार ७७६ मत गणना भइसकेको छ ।

जस अनुसार नेकपा एमाले सबैभन्दा अगाडी रहेको छ । एमालेले समानुपातिकमा अहिलेसम्म २४ लाख ४३ हजार ३०४ मत प्राप्त गर्दै शीर्ष स्थानमा रहेको छ । नेपाली कांग्रेसले २३ लाख २० हजार ३८९ मत प्राप्त गरेर दोस्रो स्थानमा रहेको छ ।

पछिल्लो अपडेट अनुसार माओवादी केन्द्रले समानुपातिकतर्फ अहिलेसम्म १० लाख १६ हजार ४२१ मत प्राप्त गरेर तेस्रो स्थानमा छ । राष्ट्रिय स्वतन्त्र पार्टीले पनि १० लाख मत कटाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले अहिलेसम्म १० लाख ८ हजार ६८६ मत प्राप्त गर्दै चौथो स्थानमा रहेको छ ।

राप्रपाले समानुपातिकतर्फ अहिलेसम्म ५ लाख २७ हजार ४१२ मत प्राप्त गरेको छ भने जसपाले ३ लाख ३ हजार २२९ मत प्राप्त गरेको छ । एकीकृत समाजवादी पार्टीले २ लाख ३९ हजार २२९ मत प्राप्त गरेको छ भने जनमत पार्टीले २ लाख ३७ हजार ५७४ मत प्राप्त गरेको छ ।

त्यस्तै नागरिक उन्मुक्ति पार्टीले २ लाख २ हजार २८१ मत प्राप्त गरेको छ भने लोसपाले एक लाख २२ हजार ६९० तथा नेपाल मजदुर किसान पार्टीले ७२ हजार २०१ प्राप्त गरेको निर्वाचन आयोगले जानकारी गराएको छ । हाम्रो नेपाली पार्टीले ५१ हजार ९२२ मत प्राप्त गरेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री