काठमाडौँ । मोरङ क्षेत्र ६ मा नेपाली कांग्रेसका नेता शेखर कोइराला प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । उनी प्रतिस्पर्धी नेकपा एमालेका लालबाबु पण्डितभन्दा १२ हजार बढी मतले पराजित गर्दै विजयी भएका हुन् ।
कोइरालाले ३५ हजार २१३ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी पण्डितले २२ हजार ९२९ मत प्राप्त गरेका छन् । कोइराला १२ हजार २८४ सय मत अन्तरले विजयी भए ।
तपाईंको प्रतिकृया




