माधव नेपाल रौतहट-१ बाट फराकिलो मतान्तरले विजयी

काठमाडाैँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एव पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल रौतहट निर्वाचन क्षेत्र नम्बर–१ बाट फराकिलो तदद्धमतान्तरसहित बिजयी भएका छन् । एमालेका उमेदवार अजयकुमार गुप्तालाइ फराकिलो मतान्तरले पराजित गर्दै नेता नेपाल विजयी भएका हुन् ।

सोमबारदेखि निरन्तर जारी मतगणनाको अन्तिम नतिजा आज सर्वजनिक भएको हो । नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले ३३ हजार ५ सय २२ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्दी एमालेका गुप्ताले २६ हजार ९ सय २२ मत ल्याएका छन् । एमालेका उमेदवार गुप्ताबाट ६ हजार ६ सय बढी मतन्तर ले नेपाल बिजयी भएका हुन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

झापामा छात्रामाथि पूर्वशिक्षकले नै गोली हानेको खुल्यो

काठमाडौं । झापाको दमकमा परीक्षा दिएर फर्किएकी छात्रामाथि गोली प्रहार गर्ने व्यक्ति प्रहरीले पत्ता लगाएको …

प्रतिकृया दिनुहॊस