काठमाडौं । काठमाडौँ-९ बाट प्रतिनिधिसभाका लागि नेकपा एमालेबाट कृष्णगोपाल श्रेष्ठ निर्वाचित भएका छन् । श्रेष्ठले ११ हाजर ९५६ मत पप्राप्त गरेका छन् ।
उनका निकटतम प्रतिद्वन्दी राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेलले १० हजार ९६१ मत प्राप्त गरेका छन् । गठबन्धनबाट उम्मेदवार बनेकी माओवादी केन्द्रकी कल्पना धमलाले ६ हजार ४०२ मत प्राप्त गरेकी छन् ।
यस क्षेत्रमा राप्रपाका देवेन्द्र प्रधानले ४ हजार ७८५ मत ल्याएका छन् । त्यस्तै साझा पार्टीबाट उम्मेदवार बनेका मिलन पाण्डेले भने २३२७ मत ल्याएर पाँचौं स्थानमा रहेका छन् ।
तपाईंको प्रतिकृया




