छन्देको निर्देशनमा यस्तो बन्यो निरकमलको ‘कहाँ राखूँ प्रिय…’ (भिडियो)

काठमाडाैं । गीतकार निर कमल खड्का(ममल) द्वारा रचित गीत ‘कहाँ राखूँ प्रिय’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गायिका अस्मिता अधिकारीको स्वर रहेको गीतको भिडियो बालुवाटारस्थित टाईम्स स्कव्वाएरमा एक समारोहका बिच सार्वजनिक गरिएको हो ।

लोकप्रिय वरिष्ठ अभिनेता राजाराम पौडेलको हातबाट गरिएको गीतको भिडियो सार्वजनिक समारोहमा गीतसँग सम्बन्धित कलाकार तथा प्राविधिक टिमलाई सम्मान समेत गरिएको थियो । कार्यक्रममा अभिनेता पौडेल लगायत अतिथिहरूले भिडियो निकै उत्कृष्ट बनेको र विदेशमा बस्ने नेपालीहरूको नेपाली गीत संगीत प्रतिको लगावका कारण आज नेपाली सांगीतिक क्षेत्र यहाँ सम्म आईपुगेको कुरा बताउनु भयो ।

यसै गरी भिडियो निर्माणका विषयमा भएका गतिविधि र निर्माणका क्रममा भएका अनुभव बताउँदै निर्देशक ढकालले आफूले शब्द र गीत अनुसारको भिडियो निर्माणमा करिब २ महिनाको तयारी गरेकाले सोचेको जस्ता परिणाम पाएको कुरा बताउनुभयो ।

प्रमोद निर्वाणको एरेन्ज तथा संगीत रहेको गीत ललितपुरको गोदावरी गार्डेनमा छायांकन गरिएको थियो। गोदावरीका आकर्षक हरियाली र मनमोहक दृश्यहरू कैद गरिएको भिडियोलाई छायांकार ओम प्रसाईँले छायाँकन गरेका थिए भने दिनसन शाहको सम्पादन तथा कलरिगं रहेको थियो ।

लोकप्रिय कलाकार तथा निर्देशक गोपाल ढकाल छन्देको निर्देशनमा तयार भिडियोलाई नृत्य निर्देशक सन्दीप भुजेलले कोरियोग्राफी गरेका थिए भने कलाकारहरूमा मोडल सोनितराज ढुंगेल, मोडल डा.सलिना भित्रकोटी र अनिल नगरकोटी रहेका छन् । पछिल्लो पटक म्युजिक भिडियो निर्देशनमा समेत व्यस्त ‘छन्दे’ हास्य कलाकारको रूपमा चर्चित छन् ।

अभि श्रेष्ठ प्रडक्सन म्यानेजर रहेको टिममा सौन्दर्यविद् मनीषा जिसी तथा सृष्टि थापा मगरको शृङ्गार तथा ड्रेस डिजाइनर सुमित रजक रहेका थिए । बैजु खड्काको प्रस्तुति रहेको भिडियोको निर्मातामा यमु कार्की खड्का हुनुहुन्छ भने पेजेन्ट नेपालको निर्माण रहेको हो ।

उत्कृष्ट गीत रचना गर्दै आइरहेका गीतकार निर कमलका यस अघि केही गीतहरू लोकप्रिय रहेका छन् । बेल्जियममा रहेर पनि नेपाली गीत संगीतमा झुकाव राख्दै निरन्तर लागि पर्दै आएका निर कमल झण्डै दुई दशक भन्दा लामो समयदेखि गीत संगीतमा सक्रिय रहँदै आइरहेका छन् । गीत श्रृजनमा साथ दिँदै आएका गायक उमेश परियार तथा निशान श्रेष्ठलेले भिडियो निर्माणमा सहयोगी भूमिका खेलेका थिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

मेगा प्रोजेक्ट ‘बलिदान’ को लागि अडिसन आह्वान, कसरी र कसले दिने आवेदन ?

काठमाडौँ । आसुसेन फिल्मस्‌को मेगा प्रोजेक्ट चलचित्र ‘बलिदान’ का केही कलाकारहरूका लागि अडिसन आह्वान गरिएको …

प्रतिकृया दिनुहॊस