फाइल फाेटाे

प्रचार-प्रसारको अन्तिम दिन कोटेश्वरमा चुनावी सभा गर्दै सत्ता गठबन्धन

काठमाडाैँ । सत्तारुढ गठबन्धनले आज काठमाडौँमा बृहद चुनावीसभा गर्दैछ । गठबन्धनको काठमाडौँ क्षेत्र नम्बर–२ चुनाव परिचालन समितिको आयोजनामा अन्तिम चुनावीसभा हुन लागेको हो ।

अपराह्न २ बजे कोटेश्वरमा हुने सभालाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, काँग्रेस महामन्त्री गगन थापा, गठबन्धनबाट क्षेत्र नम्बर-२ को साझा उम्मेदवार पूर्वसभामुख ओनसरी घर्तीलगायतले सम्बोधन गर्ने कार्यक्रम छ ।

४ मंसिरमा हुने निर्वाचनका लागि काठमाडाैँ-२ मा गठबन्धनबाट पूर्वसभामुख एवं माओवादी केन्द्रकी स्थायी समिति सदस्य घर्ती तथा प्रदेशसभा (क) मा काँग्रेसका ध्रुव केसी र प्रदेशसभा (ख) मा एकीकृत समाजवादीका भरतप्रसाद फुयाँल उम्मेदवार छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

अमेरिकी सहयोगमा २१ मिलियन डलरको खाद्य सुरक्षा परियोजना

काठमाडौं । अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी) र नेपाल सरकारले खाद्य सुरक्षा सुधारका लागि दुई …

प्रतिकृया दिनुहॊस