फाइल फोटो

पोखरा म्याराथनको विजेताले पाँच लाख पाउने

काठमाडाैँ । ‘नेपाल भूतपूर्व खेलाडी मञ्च’ को आयोजनामा हुने ‘१७ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन’ को तयारी शुरु भएको छ । आगामी फागुन ६ गते आयोजना हुने ‘१७ औं सफल पोखरा अन्तर्राष्टिय म्याराथन’ को तयारी शुरु भएको मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले जनाए ।

पराजुलीका अनुसार पोखरा म्याराथन विजेताले ५ लाख नगद पाउने छन् । गत वर्ष ४ लाख रहेको पुस्कार राशी यो वर्ष १ लाख बढाइएको छ । म्याराथन ४२.१९५ किमितर्फ नै दोस्रो, तेस्रो र सान्त्वनासम्म पनि पुरस्कार राशी बढाइएको छ । अध्यक्ष पराजुलीका अनुसार दोस्रो, तेस्रो र

सान्त्वनातर्फ क्रमशः नगद ३ लाख, २ लाख र ३० हजार नगद पुरस्कार रहेको छ । गण्डकी प्रदेशतर्फ विजेताले समेत छुट्टै नगद पुरस्कार प्राप्त गर्नेछन् । गण्डकी प्रदेशतर्फ पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमश नगद ५०, ३० र २० हजार प्राप्त गर्ने मञ्चले जनाएको छ । हाफम्याराथन महिलातर्फ प्रथमले १ लाख ५० हजार, द्वितीयले १ लाख, तृतीयले ७५ हजार र सान्त्वना हुनेले १५ हजार पाउने छन् । १० किमि महिला तथा पुरुष दौडका विजेताले ३ लाख पाउने छन् भने द्वितीयले २० हजार र तृतीयले १५ हजार प्राप्त गर्नेछन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपालको हारको सिलसिला जारी, क्यानडासँग ५ विकेटले पराजित

काठमाडौँ । नेपाल आइसीसी विश्वकप लिग- २ अन्तर्गत जारी सिरिजमा लगातार तेस्रो खेलमा पराजित भएको …

प्रतिकृया दिनुहॊस