तीन प्रदेशका हिमाली भू-भागमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं । नेपालमा अहिले पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसमविदले जनाएका छन् । आज देशका विभिन्न भू–भागमा वर्षा र हिमपातको सम्भावना रहेको छ । प्रदेश–१ र गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

प्रदेश–१, वागमती प्रदेश र गण्डकी प्रदेशको हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । प्रदेश–१, वागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने विभागको भनाइ छ ।

विभागका अनुसार आज राति प्रदेश–१, वागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश–१ र गण्डकी प्रदेशका हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

प्रदेश–१ र गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको पनि सम्भावना छ । प्रदेश–१, वागमती प्रदेश र गण्डकी प्रदेशका हिमाली भू–भागमा हिमपातको सम्भावना रहेकाले पर्वतारोहण र पदयात्रा गर्दा सतर्कता अपनाउन पनि विभागले आग्रह गरेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एसियाली व्यापार प्रवर्द्धन फोरममा अध्यक्ष ढकालको सम्बोधन

साना तथा मझौला उद्योगमा लगानी बढाउँदै क्रियटिभ इकोनोमीको विकासमा साझेदारी गर्न आह्वान काठमाडौं । नेपाल …

प्रतिकृया दिनुहॊस