प्रभु क्यापिटलका हितग्राहीले क्रिस्टल डाइग्नोस्टिकमा छुट पाउने

काठमाडौँ । प्रभु क्यापिटल तथा सिनामंगलमा अवस्थित क्रिस्टल डाइग्नोस्टिक बीच छुटसम्बन्धी सम्झौता भएको छ । मंगलबार दुबै पक्षबीच भएको सम्झौताअनुसार क्यापिटलका सबै हितग्राहीले ल्याबको सम्पूर्ण सेवा सुविधामा २० प्रतिशत छुट पाउनेछन् भने आउटसोर्सिङ गरेको टेस्टमा ल्याबबाट १० प्रतिशत छुट पाउनेछन् ।

यो अफरबाट लाभ लिन हितग्राहीले आफ्नो प्रभु क्यापिटलको एप डाउनलोड गरी डिम्याट खाता लिङ्क गरेको देखाउनुपर्नेछ । सो सम्झौतामा क्यापिटलले गर्ने स्वास्थ्य शिविर, रक्तदान शिविर जस्ता सामाजिक उत्तरदायित्वका गतिविधिमा समेत क्रिस्टलले सहयोग गर्ने क्यापिटलले जनाएको छ । प्रभु क्यापिटलले भिडियो केवाईसीमार्फत डिम्याट खाता खोल्ने सुविधा ल्याएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एनआईसी बैंकका कार्ड प्रयोगकर्ताहरूलाई लेमन ट्री प्रिमियरका विभिन्न सेवामा ३५ प्रतिशतसम्म छुट

काठमाडौँ । एनआइसी एसिया बैंकले आफ्ना कार्ड प्रयोगकर्ता ग्राहकहरु तथा कर्मचारीहरूलाई काठमाडौं, बुढानीलकण्ठस्थित Lemon Tree …

प्रतिकृया दिनुहॊस