काठमाडौँका गल्ली गल्लीमा भोट माग्दै जोसिला प्रकाशमान (तस्बिर/भिडियो)

काठमाडौँ । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन नजिकिएसँगै नेताहरूले चुनावी अभियानलाई तीव्रता दिएका छन् । काठमाडौँ क्षेत्र नम्बर १ का नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंह मतदाताको घरघर पुगेर मत मागिरहेका छन् ।

उनी मत माग्न बिहानदेखि बेलुकासम्म व्यस्त देखिन्छन् । घरदैलो अभियानका क्रममा सिंहले राजनीति स्थिरता कायम गर्दै जनताको जनजीविका र आर्थिक समृद्धिको एजेण्डा अहिलेको प्रमुख प्राथमिकता भएको बताएका छन् ।

उनले यसपटकको निर्वाचनमा गठबन्धनलाई बलियो बनाएर संविधानको पूर्ण कार्यान्वयन गर्दै गाउँमा सिंहदरबार नारामा नभई व्यवहारमा पुर्‍याउने दाबी गरेका छन् । सिंह सत्ता गठबन्धनबाट काठमाडौँ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाका उम्मेदवार हुन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री