उजुरीको विषयमा बोले रवि- ‘मंसिर ४ चुनौतीको अन्तिम लडाइँ हो, आम मतदाताले साथ दिनुहुनेछ’

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने आफ्नो नागरिकता सम्बन्धी विवाद ४ वर्षअघि नै समाधान भइसकेको दाबी गरेका छन् । आफूमाथि परेको उजुरीबारे स्पष्ट पार्न सामाजिक सञ्जाल फेसबुकमा राखेको भिडिओमा उनले यस्ताे दाबी गरेका हुन् ।

चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा उठेका लामिछानेमाथि रद्द भइसकेको पुरानो नागरिकताका आधारमा उम्मेदवार भएको भन्दै उजुरी परेको छ । उजुरीकर्ताले उनको उम्मेदवारी खारेज गर्न माग गरेका छन् ।

आफूले कागजी प्रक्रिया पूरा गरेर अमेरिकाको पासपोर्ट त्यागेको उनकाे दाबी छ । मेरो पछाडि ठूलो समूह लागेको छ । सामाजिक सञ्जालमा प्रहार भइरहेको छ । एउटा समूह त चितवनमै बसेको छ,’ उनले भने, ‘यस्ता धेरै चुनौतीलाई सामना गर्दै विजयी हुँदै आइरहेको छु । अब मंसिर ४ मेरो चुनौतीको अन्तिम लडाइँ हो, त्यो लडाइँमा आम मतदाताले साथ दिनुहुनेछ ।’

उनले फेसबुकमा लेखेका छन्, ‘एउटा नेपालीले पहिले प्रेस काउन्सिलमा, त्यसपछि २०७६ सालमा चितवन प्रहरीमा, त्यसपछि चितवन जिल्ला सरकारी वकिलको अभियोग पत्रमा, अनि चितवन जिल्ला अदालतको आदेश र फैसलामा, अनि उच्च अदालत हेटौडाको आदेशमा, अनि चितवन जिल्ला सरकारी वकिल कार्यालयदेखि महान्यायाधिवक्ताको कार्यालयसम्म नागरिकताको विषय समेतमा विवेचना भई सेटल भइसके पछि फेरि कति पटक स्पष्टीकरण दिनु पर्ने हो ?’

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री