रवीन्द्र मिश्रले गरे पशुपतिनाथमा रुद्राभिषेक पूजा

काठमाडौं – काठमाडौँ क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार एवम् राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले आज बिहान पशुपतिनाथ मन्दिरमा रुद्राभिषेक पूजा गरेका छन् । धर्मपत्नीसहित गएका मिश्रले पशुपतिनाथ मन्दिरका मूल भट्ट गणेश भट्टसँग रुद्राभिषेक पूजा गरेका हुन् ।

रुद्राभिषेक पूजा भगवान् पशुपतिनाथको कृपा प्राप्तिका लागि गरिने पूजा हो । रुद्राभिषेक पूजामा भगवान् शिवको विभिन्न रूप मध्येको एक शिव लिङ्गको पूजा अर्चना गरेर अभिषेक गरिन्छ ।

पूजापछि मिश्रले यो देश आफ्नै जीवनकालमा रूपान्तरण गर्न सकियोस् भन्ने कामना गरेको बताए । मिश्रले पछिल्लो समयमा संवैधानिक राजसंस्था, सङ्घीयता खारेजी तथा हिन्दु-बौद्ध राष्ट्रको एजेण्डालाई उठाइरहेका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री